गृहमन्त्री अर्यालले बुढाको अनशन तोडाउनुभयो



काठमाडौँ, असोज २८ गते ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाएको छ ।

बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्दै आएको थियो । गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडाउनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए । उनी विभिन्न तीनबुँदे माग ब्यानरमा राखेर अनशन बस्नुभएको थियो ।

अनशन तोडाउँदै गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएको ।

Scroll to Top