जापानमा पहिलोपटक महिला प्रधानमन्त्री



गाैशाला, कार्तिक ४ गते ।

साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

बीबीसीका अनुसार जापानी संसदका दुवै सदनमा भएको मतदानमा बहुमत हासिल गर्दै उनी देशकै पहिलो महिला प्रधानमन्त्री चुनिएकी हुन् ।

६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन् । उनलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ । यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो ।

ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का सदस्य हुन्। पछिल्लो पाँच वर्षमा एलडीपले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथोपटक हो ।

साने ताकाइची एलडीपीको कट्टरपन्थी गुटकी हुन् र पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको नजिक मानिन्छिन्। उनले पहिले मन्त्रीका रूपमा काम गरेकी थिइन् ।

Scroll to Top