मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

Oplus_131072



द पब्लिक टुडे

जनकपुरधामा, कार्तिक २९ गते ।

मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।

आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दल बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री यादव भने पुगेका छन् ।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।

‘बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुन्छन् । उनी असंवैधानिक तरिकाले नियुक्त भएकाले हामीले सर्वोच्चमा रिट गरेका छौँ । सुनवाई हुन बाँकी छ,’ उनले भने, ‘त्यसकारण विवादित मुख्यमन्त्री उपस्थित बैठकमा सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो ।’

Scroll to Top