सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान



काठमाडौं, मंसिर ४ गते ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् ।

जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्।

संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गरिएको छ । उनले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो । हामीले त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुस् भनेका छौं,’ जेनजी अगुवा उपाध्यायले भने ।

प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको भन्दै उपाध्यायले सीडीओ कार्यालयमा आफूहरू आउँदा भीड पनि त्यतै जान सक्ने र त्यसले थप जोखिम निम्त्याउन सक्ने बताए ।

प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने अडान राखेका छन् ।

Scroll to Top