रामबाबु यादव
गौशाला, माघ १६ गते ।
महोत्तरीमा आफ्नै घरमा सुतिरहेकै अवस्थाबाट बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् । दुई दिनअघि घरबाटै बेपत्ता भएकी महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासो देवी यादवको शव निवस्त्र अवस्थामा फेला परेको हो ।
रासो यही माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरी यादवले जानकारी दिए । परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घर अगाडीकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरी अहिले घटनास्थलमा सुरक्षा घेरा हालेर शवको मुचुल्का प्रक्रिया अगाडी बढाएको छ ।





