काठमाडौँका सहकारी अनुगमन गर्दै महानगर



काठमाडौँ, माघ १९ गते ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरूको अनुगमन तथा स्थलगत निरीक्षण गर्ने भएको छ।

काठमाडौँ महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमन–निरीक्षण गर्न लागिएको जनाएको हो।

निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ।

Scroll to Top