सुनको भाउ घट्यो

File Photo



काठमाडौँ, माघ १९ गते ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज पाँच हजार दुई सयमा कारोबार भइरहेको छ ।

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा ५२ हजार ७०० ले घटेको हो ।

Scroll to Top