द पब्लिक टुडे
ढल्केवर, फाल्गुन ११ गते ।
नेपाल ई रिक्सा मजदुर संघका केन्द्रिय अध्यक्ष विरेन्द्र महतो राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् ।
उनी सोमवार रास्वपाका धनुषा ४ का उम्मेदवार राजकिशोर महतोको घरमै पुगेर पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशी महतोलाई रास्वपा उम्मेदवारले घण्टी अंकित ब्याच प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
यसै क्षेत्रमा आइताबार आम जनता पार्टीका उम्मेदवार सम्पत् महतो नै आफ्नो दलबलसहित रास्वपामा समाहित भइसकेका छन् ।





