एमालेसहित विभिन्न पार्टी परित्याग गरी आधा दर्जन बढी नेता-कार्यकता नेकपा प्रवेश



द पब्लिक टुडे
ढल्केवर, फाल्गुन ११ गते ।

धनुषामा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी आधा दर्जन बढी नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

धनुषा क्षेत्र नं ४ अन्तर्गत मिथिला नगरपालिका–९ मा नेकपा एमालेका कृष्ण महतो, जनक महतोसहित आधा दर्जन बढी नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा नेता एवं पूर्वमन्त्री शत्रुधन महतो र धनुषा–४ का नेकपा उम्मेदवार संजय कुमार महतोले पार्टीमा स्वागत गरेका छन् ।

स्थानीय स्तरमा सक्रिय रहँदै आएका उनीहरुले एमालेको सदस्यता त्यागेको घोषणा गर्दै नयाँ राजनीतिक यात्राको सुरुआत गरेको बताएका छन् । उनीहरूको प्रवेशसँगै उक्त वडामा नेकपाको संगठन विस्तारमा थप बल पुग्ने नेकपाको दावी छ ।

नवप्रवेशीहरुले आफूहरू वैचारिक स्पष्टता र स्थानीय विकासको प्रतिबद्धतासहित नेकपामा आवद्ध भएको बताएका छन् ।

Scroll to Top