काठमाडौँ, फागुन १२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोसी प्रदेशमा चुनावी गतिविधि तीव्र बनाएको छ।
झापाका सबै निर्वाचन क्षेत्रमा ‘घण्टी अभिवादन’ कार्यक्रम राखेको रास्वपाले आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको उपस्थितिमा सुनसरीको इटहरीमा चुनावी सभा गर्दैछ।
सभामा दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
मंगलवार बिहानैदेखि झापाको चन्द्रगढी, काँकडभिट्टा, बिर्तामोड र दमक लगायतका स्थानमा जनतासँग प्रत्यक्ष संवाद गर्दै लामिछाने सडकमार्गबाट सुनसरी जाने कार्यक्रम रहेको रास्वपा कोसी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले जानकारी दिइन्।
इटहरीमा हुने आमसभालाई रास्वपाले आगामी निर्वाचनको तयारी र शक्ति प्रदर्शनका रूपमा प्रचार गरेको छ।
तामाङका अनुसार सभापति लामिछानेले झापाका कार्यक्रमहरूमा स्थानीयका समस्या सुन्नुका साथै पार्टीको भावी योजनाबारे प्रष्ट पार्ने छन्।
यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजैदेखि सुनसरीमा छन्।
उनले हिजो सुनसरीका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै कोसी टप्पु वन्यजन्तु आरक्षको समेत भ्रमण भ्रमण गरेका छन्।
पर्यटन प्रवर्द्धन र स्थानीय विकासका सम्भावनाबारे चासो राख्दै नेता शाहले कोसी टप्पु क्षेत्रको भ्रमणका क्रममा त्यहाँको जैविक विविधता र पर्या(पर्यटनको अवस्थाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ।
रास्वपाका दुई प्रभावशाली नेताको एकैसाथ सुनसरीमा उपस्थित भएपछि स्थानीय कार्यकर्ता र समर्थकहरू उत्साहित भएका छन्।





