महोत्तरीमा करिब ४२ प्रतिशत मतदान

File Photo



आरएन महतो

बर्दिवास, फागुन २१ गते ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरीमा दिउँसो ३ बजेसम्म १ लाख ७८ हजार ३ मत खसेको छ । जिल्ला प्रशासन कार्यालयकाअनुुसार हालसम्म १ लाख ७८ हजार ३ मतदाताले मतदान गरिसकेका छन् । जिल्लाभर भइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुुसार दिउँसो ३ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४१.२७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार जिल्लाभर उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।

महोत्तरीमा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्र कायम गरिएको छ भने कारागारकार्यालय, महोत्तरी जलेश्वरमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालित रहेका छन् ।

Scroll to Top