सर्लाहीमा हावाहुरीले मकै सोतर



सर्लाही, चैत ९ गते ।

गएको शनिबार साँझ आएको हावाहुरीले सर्लाही, रौतहटसहितका जिल्लामा मकै, गहुँ, मुसुरोसहितका बालीनालीमा ठूलो क्षति गरेको छ।

वर्षासँगैको हावाहुरीले सुत्ला च्याप्ने बेला भएको मकै सोतर बनाएको हो।

सर्लाहीको बागमती, हरिवन, लालबन्दीसहितका जिल्लामा हवाहुरीले धेरै क्षति गरेको सिानहरुले बताएका छन्।

अन्न बालीसँगै चिचिला लाग्दै गरेको आँप, लिचीसहितका फलफूलमा पनि हावाहुरीले ठूलो क्षति गरेको छ।

Scroll to Top