कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

File Photo



काठमाडौं, चैत १० गते ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले निकालेको सूचनामा उल्लेख छ।

कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ। आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो।

फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो।

थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।

Scroll to Top