वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन



वीरगञ्ज, चैत १२ गते ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग–यो । भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो ।

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको छ ।

Scroll to Top