रास्वपा केन्द्रीय समिति लगत्तै संसदीय दलको बैठक

File Photo



काठमाडौँ, चैत १२ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्न लागेको छ।

रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो। केन्द्रीय समितिको बैठकको लागि सबै तयारी पूरा भएको प्रवक्ता मनिष झाले बताएका छन्।

केन्द्रीय समितिको बैठकपछि संसदीय दलको बैठक बस्ने भएको छ। केन्द्रीय कार्यालयमै साँझ ५ बजे संसदीय दलको बैठक बस्ने प्रवक्ता झाले जानकारी दिए।

आज बस्ने संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने भएको छ। रास्वपाले संसदीय दलको नेता चयन गरेपछि मात्रै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।

Scroll to Top