प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै

File Photo



काठमाडौं, चैत १२ गते ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन् ।

६ महिनाभित्र निर्वाचन गरेर सत्ता सुम्पिने म्यान्डेड पाएअनुसार नै उनी नेतृत्वको सरकारले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्‍यो । निर्वाचनबाट रास्वपाले करिब दुई तिहाइ सिट जितेर एकल सरकार बनाउँदैछ ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

Scroll to Top