मिथिलाका मेयर महेन्द्र महतोलाई कांग्रेसबाट निष्काशन गर्न सिफारिस



द पब्लिक टुडे
ढल्केवर, चैत १३ गते ।

धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोलाई नेपाली कांग्रेसबाट निष्काशन गर्न सिफारिस गरिएको छ । बिहीबार धनुषाको महेन्द्रनगरमा बसेको कांग्रेसको क्षेत्रीय समितिकाे विस्तारित बैठकले मेयर महतोलाई ६ वर्षको लागि पार्टीबाट निष्काशन गर्न सिफारिस गर्ने निर्णय भएको पार्टीका क्षेत्रीय सचिव बुधेश्वर महतोले जानकारी दिए ।

उनका अनुसार पार्टीका मिथिला-२ का वडा सभापति अशेश्वर महतो र बटेश्वर गाउँपालिका वडा नं ३ का वडासभापति राममणि कुशवाहाको जिम्मेवारी खोस्ने निर्णय गरिएको हो । कुशवाहा बटेश्वर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष हुन् ।

नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री समेत रहेका धनुषा ४ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी महेन्द्र यादवकै प्रस्तावमा मेयर महतोलाई निष्काशन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । ‘महेन्द्रजीले नै मेयरसाबलाई पार्टीबाट निष्काशन गर्ने प्रस्ताव ल्याउनुभयो । त्यसमा सर्वसम्मत निर्णय भयो,’ ती नेताले भने ‘मेयरसाबले पार्टीविरुद्ध गतिविधिमा संलग्न रहेको बलियो प्रमाण भेटिएको छ ।’ 

Scroll to Top