अमरेशले गरे उद्योगमन्त्री अस्वीकार



काठमाडौँ, चैत १३ गते ।

बालेन्द्र शाह नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रस्तावित गरिएका अमरेशकुमार सिंहले पद अस्वीकार गरेका छन्।

सर्लाही–४ मा कांग्रेस सभापति गगन थापालाई पराजित गरेका सिंहलाई रास्वपाले मन्त्री प्रस्ताव गरेको थियो। परराष्ट्रमन्त्री दाबी गरेका सिंहलाई उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले पद अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ।

सिंहले उद्योगमन्त्री अस्वीकार गरेपछि उक्त मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफै राखेका छन्। प्रधानमन्त्री बालेनले रक्षामन्त्री पनि आफैसँग राखेका थिए।

Scroll to Top