काठमाडौं, चैत १८ गते ।
खोँचमा खसेका व्यक्तिको नेपाली सेनाले उद्धा गरेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–४ का २४ वर्षीय पुरुषलाई सेनाले सिन्धुपाल्चोकबाट उद्दार गरेको हो ।
हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसी घाइते भएको सूचना आएपछि सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोली उद्धारका लागि खटिएको थियो ।
मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान साढे ६ बजे सकुशल उद्दार गरिएको सेनाले बताएको छ ।





