ओली–रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

File Photo



काठमाडौं, चैत २३ गते ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो ।

आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चरिरहेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

उनीहरू दुवै जना गत चैत १४ बिहान गते पक्राउ परेका थिए ।

ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

Scroll to Top