वैदेशिक ऋणबारे शङ्कर – हिजो विरोध किन ? आज स्वीकार किन ?

File Photo



काठमाडौँ, चैत्र २४ गते ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैदेशिक ऋणबारे सरकारको प्रस्ट धारणा माग गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठुलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।’

उनले थप लेखेका छन्– ‘हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ ।’ रातोपाटी

Scroll to Top