गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

File Photo



काठमाडौँ, चैत २७ गते ।

प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर ५७ हजारसहित निजहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका–२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका–४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए ।

Scroll to Top