बले हाजिरी जमानीमा रिहा



काठमाडौं, चैत २७ गते ।

कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् ।

अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Scroll to Top