सुकुमवासी बस्तीमा खटिएका प्रहरीलाई पानी बाँड्दै नगर प्रहरी



काठमाडौं, वैशाख १२ गते ।

सरकारले आज (शनिबार) बाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालेको छ ।

बिहानैबाट थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो ।

बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएको छ । यसैबीच सुरक्षामा खटिएका महानगर प्रहरीको टोलीले बस्ती बाहिर सडकमा रहेकाहरूलाई पानी वितरण गरिरहेको छ ।

विशेषगरी स्थानान्तरणको काममा खटिएका प्रहरीहरूलाई नगर प्रहरीले पानी वितरण गरिरहेको छ ।

सोही क्षेत्र वरपर रहेका सुकुमवासी बस्तीका स्थानीय र अन्यलाई पनि पानी वितरण गरिएको छ ।

Scroll to Top