सशस्त्रका सात अधिकृत एसएसपी बढुवाका लागि सिफारिस



काठमाडौं, वैशाख १२ गते ।

सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी (वरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।

६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर सुवेदी, तेस्रो नम्बरमा महेश केसी, चौथो नम्बरमा प्रकाश कुमार सुवेदी, पाँचौं नम्बरमा चित्राङ्गत दहाल, छैटौं नम्बरमा सुभाष भण्डारी र सातौं नम्बरमा प्रदीप सिंह कार्की छन् ।

Scroll to Top