धनगढी, वैशाख १४ गते ।
कैलालीको टीकापुर बजार क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन थालिएको छ ।
टीकापुर नगरपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका टहरा तथा छाप्रा सोमबारदेखि हटाउन थालिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सार्वजनिक जग्गामा बनाइएका टहरा एवं छाप्राको पहिचान गरेर तिनलाई हटाउने काम थालिएको बताए ।
उनकाअनुसार अतिक्रमण गरिएका क्षेत्रमा आफैँ खाली गराउन नगरपालिकाले १५ दिने सूचना समेत जारी गरेको थियो तर उक्त अवधिमा संरचना नहटाउनेको हकमा डोजर चलाइएको उनी बताए ।
तत्काललाई सार्वजनिक स्थानमा बनाइएका खोका, छाप्रा लगायतका संरचना हटाउन लागिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धिमालले विस्तारै सरकारले निर्देशन र नीतिबमोजिम अघि बढ्ने जानकारी दिएका छन् ।





