राष्ट्रिय खेलकुद परिषद्का २० सदस्य पदमुक्त हुने



काठमाडौं, वैशाख २० गते ।

सरकारले ल्याएको अध्यादेशबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का २० सदस्य पदमुक्त हुने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ मार्फत राखेपका २० सदस्य पदमुक्त हुन लागेको हो ।

३७ सदस्यीय बोर्डमा रहने राखेपमा एक सदस्य नियुक्त गर्न बाँकी थियो । त्यसबाहेक अघिल्ला सरकारका पालामा नियुक्त भएका २० सदस्यको पद जान लागेको हो ।

उपाध्यक्ष धु्रव आचार्यले यसअघि नै राजीनामा दिएका थिए । सदस्य सचिवको कार्यकाल सकिँदा नयाँ नियुक्त भइसकेको छैन ।

मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

७ प्रदेशका सदस्य सचिव, ३ विभाग नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पदेन सदस्यको रुपमा हुन्छन् ।

युवा तथा खेलकुदका सचिव, शिक्षा विज्ञान प्रविधि मन्त्रालयका प्रतिनिधि र खेलकुद मन्त्रालय खेलकुद विकास महाशाखाका सहसचिव पनि पदेन सदस्यको रुपमा रहन्छन् ।

बोर्डको अध्यक्षता खेलकुदमन्त्रीले गर्ने प्रावधान छ ।

Scroll to Top