बाजुरा, वैशाख २८ गते ।
जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ ।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही नगरपालिका–६ बाम्का नजिकै बनाइएको टावरमा गएराति अज्ञात समूहलले तोडफोड गरेको जानकारी दिए । टावरका तार चुडाएको र तोडफोड गरिएकाले सेवा अवरुद्ध भएको उनले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले टावर तोडफोडबारे जानकारी प्राप्त भएको र संलग्न व्यक्तिको खोजीका लागि प्रहरीलाई निर्देशन दिइएको बताए ।
सोहीअनुसार तोडफोड गर्ने व्यक्ति तथा समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।





