काठमाडौँ, वैशाख २९ गते ।
भारत–नेपाल–चीन जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको च्याम्ताङ–घोङ्गप्पा १०।८१ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा गरी नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ। कडा चट्टान र भौगोलिक विकटताका कारण ट्रयाक खोल्न कठिन सो खण्डको निर्माण र स्तरोन्नति सकिएपछि सेनाले कोशी सडक आयोजनालाई हस्तान्तरण गरेको हो।
सेनाका प्रमुख सेनानी शेरबहादुर सिंहले सोमबार हस्तारण गरेको यो सडक भारतको जोगबनीदेखि विराटनगर हुँदै किमाथाङ्का जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको एक हिस्सा हो।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको कोशी राजमार्ग ३९० किलोमिटर लामो छ।
खाँदबारी–किमाथाङ्का सडक खण्ड १६५ किलोमिटर छ। सडक निर्माणका लागि सबैभन्दा चुनौतीपूर्ण स्थान पनि यहीँ हो। भौगोलिक रुपमा विकट मानिएको यही सडक खण्डको १०।८१ किलोमिटर सडक ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने काम सम्पन्न गरिएको हो।
निर्माण सुरु भएको करिब पाँच वर्षपछि सेनाले उक्त सडकखण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख सिंहले बताए। सोमबार भएको सडक हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल र प्रेमप्रसाद न्यौपाने, उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङ सहभागी भए।
सेनाले २०७७ फागुन २४ गते च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सुरु गरेको थियो। उत्तर–दक्षिण ९कोशी० सडक योजनाका प्रमुख गुरुङले कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीबीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताए। सेनाले सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढङ्गबाट जिम्मेवारी पूरा गरेको उनले बताए।
सङ्खुवासभाको खाँदबारी(४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी—किमाथाङ्का सडक खण्ड। तस्विरस् भविन कार्की
सङ्खुवासभाको खाँदबारी–४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी—किमाथाङ्का सडक खण्ड। तस्विरस् भविन कार्की
खाँदबारीदेखि किमाथाङ्का पुग्ने च्याम्ताङ–घोङ्गप्पा १६२ किलोमिटरमध्ये १० दशमलव ८१ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो। कडा चट्टान र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो।
जोगबनी–बिराटनगर–किमाथाङ्का सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका मानिन्छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो।
यो सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रूपैयाँ खर्च भइसकेको छ।





