सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द



काठमाडौं, जेठ ८ गते ।

सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्द दरखास्त आह्वान गरेको थियो । तर आज जेठ ८ गते नै अर्को सूचना प्रकाशित गरेर अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द भएको जानकारी दिएको हो ।

भोलिपल्टै सूचना रद्द गर्नुको कारण खुलेको छैन ।

मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।

Scroll to Top