काठमाडौँ, जेठ २४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) धनुषामा जिल्ला अधिवेशनमा विवाद कायमै छ । दुई पक्षबीचको विवादका कारण जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।
शनिबार जिल्ला अधिवेशन सुरु गरिएको थियो । शनिबार रातिदेखि असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
अध्यक्ष लक्ष्मेश्वर यादवले मनोमानी गरेको भन्दै तालाबन्दी गरिएको हो । उनीहरूले विवादको उचित समाधान नखोजिएसम्म आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।





