प्रहरीले ३७० किलोग्राम गाँजा बरामद

File Photo



काठमाडौँ, असार ४ गते ।

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारी बरामद गरिएको हो ।

यस घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top