सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव



रौतहट, असार ८ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएको छ ।

आज रौतहटको गढीमाई नगरपालिकाको १३औँ नगरसभाको यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए ।

उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिनुहुँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।

नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरिएको छ ।

Scroll to Top