सनसाइन स्कुल, ‘राष्ट्रिय शिक्षा सम्मान’ बाट सम्मानित



द पब्लिक टुडे
गौशाला, असार १४ गते ।

शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएको भन्दै महोत्तरीको बर्दिबास नगरपालिका–३, स्थित सनसाइन सेकेन्डरी बोर्डिङ स्कुल राष्ट्रिय स्तरको प्रतिष्ठित ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ बाट सम्मानित भएको छ ।

शनिबार सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय संस्था फोकस नेपालले नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित विशेष समारोहमा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यतामा स्कुलका संस्थापक प्रिन्सिपल दीप प्रकाश रायमाझीलाई सम्मानपत्र प्रदान गरेको छ ।

संस्थापक प्रिन्सिपल रायमाझीले शिक्षा क्षेत्रमा दीर्घकालदेखि पु¥याएको विशिष्ट योगदान, उत्कृष्ट शैक्षिक नेतृत्व, विद्यालयकोउत्कृष्ट नतिजा, समाजसेवा तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा खेलेको र विभिन्न शैक्षिक तथा सामाजिक संस्थामार्फत राष्ट्र निर्माण र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ ।

फोकस नेपालले आयोजना गरेको ‘शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू’ विषयक विचार गोष्ठी तथा विशेष सांस्कृतिक समारोहबीच विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो ।

समारोहमा देशभरका उत्कृष्ट विद्यालय, शैक्षिक संस्था तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा सनसाइन सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल दीप प्रकाश रायमाझीले सम्मानपत्र ग्रहण गरेका थिए ।

सम्मान ग्रहणपछि विद्यालय परिवारले फोकस नेपालप्रति हार्दिक आभार व्यक्त गर्दै यस सम्मानले आगामी दिनमा अझ जिम्मेवार, गुणस्तरीय र नविन शिक्षाको अभ्यासलाई थप सशक्त बनाउन प्रेरणा मिलेको जनाएको छ ।

राष्ट्रिय स्तरमा बर्दिबासको विद्यालय सम्मानित हुनु सम्पूर्ण बर्दिबासवासीका लागि गर्वको विषय बनेको छ । स्थानीयवासी, अभिभावक तथा शुभेच्छुकहरूले यस उपलब्धिलाई बर्दिबासको शैक्षिक क्षेत्रमा हासिल भएको महत्वपूर्ण सफलता भन्दै विद्यालय परिवारलाई बधाई दिएका छन् ।

सम्मानले सनसाइन सेकेन्डरी स्कुलको शैक्षिक उत्कृष्टता, संस्थागत नेतृत्व तथा विद्यार्थीमुखी शिक्षाप्रतिको प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको विद्यालय परिवारले जनाएको छ । साथै, आगामी दिनमा अझ प्रभावकारी शैक्षिक सेवा प्रदान गर्दै गुणस्तरीय शिक्षा विस्तारमा निरन्तर लागिरहने प्रतिबद्धता पनि विद्यालय परिवारले व्यक्त गरेको समाचार आजको द पब्लिक टुडे दैनिकमा प्रकाशित छ ।

Scroll to Top