बोस्नियाविरुद्ध अमेरिकाको अग्रता



काठमाडौँ, असार १८ गते ।

फिफा विश्वकप–२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफ सकिँदा अमेरिकाले बोस्निया तथा हर्जगोभिनाविरुद्ध १–० को अग्रता बनाएको छ।

अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा जारी खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अमेरिकाले अग्रता बनाएको हो।

अमेरिका जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत हो।

खेलको ४५औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

यसअघि अमेरिका अस्ट्रेलिया र पाराग्वेलाई पराजित गर्दै ९६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको थियो। अमेरिकाले अस्ट्रेलियालाई २–० पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

Scroll to Top