काठमाडौँ, असार १९ गते ।
भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन गरिएको ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत महाविहारलाई अवार्ड हस्तान्तरण हो ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
वर्ण महाविहारको संरक्षण कार्य नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको एक हिस्साको रुपमा नेरु १३.७८ करोड लागतमा अघि बढाइएको थियो । प्रमुख महर्जनले सांस्कृतिक सम्पदास्थलहरूको पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकामा भारत सरकारप्रति आभार प्रकट गरियो ।





