बिपीमा होल्ड भएका सवारी सञ्चालन



काभ्रेपलाञ्चोक, असार ३० गते ।

रोशी खोलाको बहाव तथा सडकको अवस्थालाई मध्यनजर गर्दै बीपी राजमार्गमा होल्ड गरिएका सम्पूर्ण सवारी साधनहरू सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएका छन् ।

सोमबार रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि धुलिखेल, काभ्रेभञ्याङ, भकुण्डे र मंगलटारमा सवारी आवागमन होल्ड गरिएको थियो ।

अहिले सडकमार्गमा कुनै अवरोध नभएको भएपनि वर्षाको समय भएकोले सडकको अवस्था बुझेर वा थप जानकारी लिन १००, १०३ र जिल्ला आपतकालीन सञ्चालन केन्द्र को आपतकालीन फोन १२३४ मा फोन गरेर मात्र यात्रा गर्न अनुरोध भएको छ ।

Scroll to Top