इलाम, असार ३० गते ।
स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गरिएको छ ।
फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरिएको हो ।
उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ । “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो”, पिठाकोटेले भने, “कृषिमा बगाएको पसिनाले, सपना पनि फल्दो रहेछ”, उनले वार्षिक २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गरिएको छ ।
भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा अलैँचीलाई आधुनिक भट्टीमार्फत प्रशोधन गर्ने उनको योजना छ । “किबी भण्डारण गर्ने ठाउँ छैन । अलैँची आधुनिक भट्टी बनाएर प्रशोधन गर्नुछ । पूर्वाधार समस्याले सकिरहेको छैन”, उनले भने ।
कृषि कर्ममा लागेवापत उहाँलाई पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए ।





