काठमाडौं, असार ३० गते ।
कर्जा दुरुपयोगको अनुसन्धानका लागि प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ ।
एक उद्देश्यको लागि लिएको कर्जा फरक कार्यमा प्रयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनीमाथि अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।





