ग्यास लिकपछि उद्योगमा आगलागी : तीनजना कामदार गम्भीर घाइते



द पब्लिक टुडे
ढल्केवर, साउन ७ गते ।

मिथिला नगरपालिका –०६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना कामदार गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब ७:०० बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो ।

घाइते तीनैजना कामदारको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल,जनकपुरमा प्राथमिक उपचारपछि  थप उपचारको लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।

Scroll to Top