भीओआईपी उपकरणसहित चार जना पक्राउ



काठमाडौं, साउन १७ गते ।

भीओआईपी उपकरणसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखाको अरिजकोट गाउँपालिका–५ का २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौंको शंकरापुर नगरपालिका–१ का २० वर्षीय मुना श्रेष्ठ, कन्चनपुरको कृष्णनगर नगरपालिका–७ का २१ वर्षीय जेनित झुकाल र भक्तपुरको सूर्यविनाय नगरपालिका–१ का ३४ वर्षीय कृष्ण नगरकोटी छन् ।

काठमाडौं र भक्तपुरको विभिन्न ठाउँहरुमा अन्तराष्ट्रिय कल बाइपास (भीओआईपी) को प्रयोग गरी दूरसञ्चार ऐनविरुद्धको कसुर गरेको आरोप छ ।

प्रोशेसको जयबागेश्वरीस्थित कोठाबाट १६ पोर्टको सिमबक्स, ल्यापटप, २२ थान सीमकार्ड, वाईफाई राउटर बरामद भएको छ । गणेशस्थानस्थित मुनाको कोठाबाट पनि सीम बक्स, ल्यापटप, एनसेलको २२० थान स‍िम बरामद भएको छ ।

जेनितको सूर्यविनायक–४ स्थित कोठाबाट ११२ पोर्टको सीम बक्स, ल्यापटप, राउटर १५३ थान सीम, बरामद भएको छ । सूर्यविनायकस्थित कृष्णको कोठाबाट पनि भीओआईपीका उपकरणहरु बरामद भएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपश शमशेर जबराले बताए ।

Scroll to Top