सिरहामा गणेशको मृत्युबारे छानबिन गर्न बन्यो छुट्टै समिति



काठमाडौं, साउन १८ गते ।

सिरहाको गोजबजारमा केही दिनअघि भएको घटनाको छानबिनका लागि छुट्टै समिति बनाइएको छ ।

सुनसरीको देवानगञ्जमा भएको घटना फैलंदै जाँदा सिरहामा गत १४ गते औरही गाउँपालिका गाउँपालिका–२ का गणेश यादवको निधन भएको थियो ।

गोली लागेर ज्यान गुमाएका यादवको मृत्युबारे थप छानबिन गर्नका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।

समितिमा नेपाल प्रहरीका उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरीका उपरीक्षक नरेश भण्डारी र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक पवन ढुंगाना सदस्य रहेका छन् ।

त्यस्तै, समितिमा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य सचिव रहेका छन् ।

उक्त समितिलाई ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको छ ।

Scroll to Top