आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

File photo



काठमाडौं, साउन २० गते ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

पछिल्लो चौबीस घन्टामा कञ्चनपुरको शान्तिपुर बेलौरीमा १२२ मिलिमिटर वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर वर्षा भएको छ भने सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमटर वर्षा भएको छ।

बाँकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू–भाग केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

राति देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Scroll to Top