ओलीलाई भेट्न गुण्डु पुगे मुख्यमन्त्री कार्की



काठमाडौं, साउन २० गते ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने सहमति भएको छ। सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो ।

तर अहिले एमाले संसदीय दलका नेता कार्कीलाई हटाएर अर्कैलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउन एमालेकै नेताहरू सक्रिय भएका थिए ।

विशेष गरी नेता शेरधन राई कार्कीलाई हटाएर अर्कै व्यक्तिलाई मुख्यमन्त्री बनाउन लागि परेका थिए । कार्कीले भने आफूले राजीनामा नदिने बताउँदै आएका थिए । उनले आफूले राजीनामा दिए प्रदेश सरकारमा संवैधानिक संकट आइपर्ने बताएका छन् ।

Scroll to Top