२०७ किलो गाँजासहित एक जना व्यक्ति पक्राउ



काठमाडौं, साउन २० गते ।

पर्सामा २०७ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका हुन् । उनी गाँजा बोकेको गाडीका चालक हुन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा लामाले चलाएको प्रदेश–३–०१–२४ च ५३८५ टाटा योद्धा पिकअप गाडीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top