चितवन, साउन २० गते ।
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।
आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित ढुंगा खस्ने क्रम जारी छ । मेसिनले पहिरो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याउने गरिएको छ ।





