पाँच वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, भदौ २ गते ।

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

मंगलबार बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ । छलफलमा उठेका विषयवस्तुमाथि जवाफ दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ ।

यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्ने कार्यसूची छ ।

यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत विविध विषयमा छलफल हुने कार्यसूची छ ।

Scroll to Top