काठमाडौं, भदौ २ गते ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाएको छ ।
समिति सचिवालयका अनुसार आगामी बिहीबार बिहान ११ बजेका लागि बैठक राखिएको छ ।
बैठक समितिको सभाकक्षस्थित सिंहदरबारमा बस्नेछ ।
गत असार २५ गते प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको थियो ।
त्यसदिन सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस गरेकी थिइन् ।
अख्तियारको प्रतिवेदनले औंल्याएका विषय र आयोगकै काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।





