जापानी गोलकिपर सुजुकी एस्टन भिल्ला पुगे



काठमाडौं, भदौ ३ गते ।

इंग्लिस क्लब एस्टन भिल्लाले जापानी गोलकिपर जिओन सुजुकीलाई अनुबन्ध गरेको छ । बुधबार क्लबले समाजिक सञ्जालमार्फत सुजुकीलाई सार्वजनिक गरेको हो ।

सुजुकी इटालियन क्लब पार्माबाट करिब ३० मिलियन पाउन्डमा भिल्ला पार्क भित्रिएका हुन् । उनले गत महिना सम्पन्न फिफा विश्वकपका उत्कृष्ट प्रदर्शन गर्दै चर्चा कमाएका थिए ।

सुजुकी सन् २०२४ मा जापानी क्लब उरवा रेड डायमन्ड्सबाट पार्मा पुगेका थिए । उनले पार्माका लागि दुई सिजनमा ५९ खेल खेलेका थिए ।

टोलीले सुजुकीलाई दीर्घकालीन पहिलो रोजाइको गोलकिपरका रूपमा हेरेको छ । करिब ६ वर्षदेखि पहिलो रोजाइमा रहेका अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले एस्टन भिल्ला छाड्ने चर्चा चलिरहेको छ ।

यसैगरी, एस्टन भिल्लाले इटालियन डिफेन्डर माटेओ रुग्गेरीलाई पनि अनुबन्ध गरेको छ । रुग्गेरी १७ मिलियन पाउन्डमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट भिल्ला पुगेका हुन् ।

Scroll to Top