काठमाडौं, भदौ ४ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादबारे गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।
पार्टीको केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका थिए ।
आन्तरिक विवादकै बीच राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ बागमती प्रदेशमा मन्त्री बन्ने तयारीमा छन् ।





